बालबालिकाको जोखिम बुझने को ?
बालबालिकाको जोखिम बुझने को ? नेपाली समाजमा प्रायः दिनहुँ अपहरण, बलत्कार बलत्कारपछि हत्या, सडक दुर्घटना, बाढी–पहिरोको जोखिमका समाचार आइरहेको छन् । यसको जोखिममा प्राय बालबालिका पर्ने गरेको छन् । यसले बालबालिकामा मानसिक चिन्ता बढाइएको छ । अपराधीलाई निस्तेज पार्न राज्यले उचित कदम नचालेको किन ? दिन प्रतिदिन भइरहेको यस्तो घटनाहरुले बालबालिका धेरै पिडित छन् । यस्ता घटना ले बालबालिकाको मनोदशा खराब भइरहेको छ । केही दिन अघिमात्रै कञ्चनपुरमा भएको बलत्कारपछि हत्याको घटना, काभ्रेमा अर्की नाबालिकाको हत्या, जाजरकोटमा घरमै अध्ययन गरिरहेको बालबालिकाको पहिरोमा पुरिएर मृत्यु साथै आइतबार मात्रै राजधानीमा ११ वर्षे बालकको अपरहणपछि हत्या भएको घटनाले बालबालिकाका संवेदनशील दिमागमा निकै असर परिरहेको छ । सबै अभिभावकको चाहना हुन्छ– आफ्ना बालबालिका राम्ररी पढुन, असल मान्छे बनुन् । भविष्यको कर्णधार बालबालिका हुन् । यी अबोध बालबालिकाको के दोष हुन्छ । दुश्मनी जहाँ छ, जोसँग छ, उसँग मात्रै लड्नुपर्ने हो । निर्दोष बालबालिकालाइृ अपहरण गर्ने, बलत्कार गर्ने अनि हत्या गर्ने ? सरकारले अबिलम्ब विद्यालयमा बालब...
Comments
Post a Comment