थारु कल्याणकारणी सभामा कांग्रेसको कब्जामा

थारु कल्याणकारणी सभामा कांग्रेसको कब्जामा

थारु कल्याणकारणी सभाको २२ औं महाधिवेशनमा धनीराम चौधरी प्यानेलका बहुमत सदस्यका साथ विजय हासिल गरेको छ । उहाँ काँग्रेसनिकट नेता देखिन्छ । उहाँ लगायत अधिकांश विजय प्राप्त केन्द्रीय सदस्यहरु कांग्रेसनिकट देखिन्छ । उहाँको प्रतिद्वन्दी पूर्व थाकसका महामन्त्री राजकुमार लेखीलाई हराएको थियो । लेखीजी मधेश केन्द्रीत दल तथा नेकपाका नेताका रुपमा देखिन्थ्यो ।
निर्वाचन अधिकृत श्रवणकुमार चौधरीका अनुसार धनीराम ८२ मत पाएको थियो भने लेखी ७० मत र तेश्रो उम्मेदवार विश्राम महतो १० भोटमा सिमित भएको थियो
थारु कल्‍याणकारिणी सभाले जिल्ला सभापतिहरूमा पनि रौतहटबाहेक सबै जिल्लामा सर्वसम्मतबाट केन्द्रीय सदस्‍यहरू निर्वाचित गरेको छ । झापाबाट हरिनारायण चौधरी सर्वसम्‍मत केन्द्रीय सदस्‍यमा चयन भएका छन् । मोरङबाट कन्‍नुलाल चौधरीसुनसरीबाट पुनितलाल चौधरी चयन भएका छन् ।
उदयपुरबाट जयराम पञ्‍जियारसप्तरीबाट साबित्री चौधरीसिरहाबाट वीरेन्द्र चौधरीधनुषाबाट उत्तम चौधरीमहोत्तरीबाट चन्द्र नारायण सिंह थारुरौतहटबाट अधिकलाल चौधरी निर्वाचित भएका छन् ।
बाराबाट हृदयनारायण चौधरीपर्साबाट बृजमोहन चौधरीमकवानपुरबाट जानकी चौधरीचितवनबाट राजेन्द्र चौधरीनवलपरासीबाट नरेश चौधरी र रुपन्देशीबाट देवीप्रसाद चौधरी सर्वसम्मतले केन्द्रीय सदस्‍य चयन भएका छन् ।
कपिलवस्तुबाट जञ्‍जीरप्रसाद चौधरीदाङबाट चूर्णबहादुर चौधरीसुर्खेतबाट कृष्णबहादुर थारुबाँकेबाट नेमनारायण सिंह थारु र बर्दियाबाट मीनराज चौधरी चुनिएका छन् ।
कैलालीबाट रामचरण चौधरी र कञ्‍चनपुरबाट भागिरथ राना थारु केन्द्रीय सदस्‍यमा सर्वसम्‍मत चयन भएका छन् ।
थारु कल्‍याणकारिणी सभाले महिला केन्द्रीय सदस्‍यहरूको लागि ९ सदस्यीयका लागि १३ जनाले उम्मेदवारी दिएका थिए ।
दिलकुमारी चौधरी २५ मतविष्णकुमारी चौधरीले २२ मतकृष्णमाया चौधरीले २१ मतयशोदा चौधरीले २१ मतसुमित्रा कुमारी चौधरीले १९इन्दु चौधरीले १९ मतसरस्वती चौधरीले १७ मतउर्मिलादेवी चौधरीले १७ मत र लक्ष्मी चौधरीले १७ मतका साथ निर्वाचित भएका छन् ।

Comments

Popular posts from this blog

बालबालिकाको जोखिम बुझने को ?